दफा ३५
निर्देशन दिन सक्ने
: (१) प्रधान न्यायाधीशले न्याय प्रशासनको सुदृढीकरण तथा न्यायिक सुशासनको लागि मातहतका अदालत, न्यायिक निकाय वा अधिकारीलाई लिखित रूपमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) सम्बन्धित उच्च अदालतको मुख्य न्यायाधीशले न्याय प्रशासनको सुदृढीकरण तथा न्यायिक सुशासनको लागि आफ्नो मातहतका जिल्ला अदालत, न्यायिक निकाय वा अधिकारीलाई लिखित रूपमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम दिइएको निर्देशनको पालन गर्नु मातहतका अदालत, निकाय वा अधिकारीको कर्तव्य हुनेछ ।